सुस्मीता दवाडी

संचार अधिकृत

शैक्षिक योग्यता र अनुभव
मैले यूनिभरसिटी अफ हंगकंगबाट पत्रकारिता र मिडिया इस्टडिजमा स्नातकोत्तर गरेको छु भने ट्रिनिटी कलेज डब्लिन, आएरल्याण्डबाट इन्टरनेसनल पिस इस्टडिजमा यमफिल गरेको हो। मैले संचार क्षेत्रमा मेरो करिब १० वर्षको अनुभव छ। मैले नयाँ विकल्प राष्ट्रिय साप्ताहिकको सम्पादकको रुपमा लामो समय काम गरेको हो भने रेडियो नेपालमा अंग्रेजी समाचार सम्पादक र प्रस्तुताको रुपमा पनि काम गरें। मैले महिला तथा बालबालिकाको सशक्तिकरणका विभिन्न परियोजनामा काम गरेको अनुभव छ भने वेस्टर्न अस्ट्रेलियाको एमनेस्टी इन्टरनेसनलमा काम गर्दा मानव-अधिकारको क्षेत्रमा पनि केहि काम गर्ने मौका मिलेको थियो।

क्लारिसा परियोजनामा मनपर्ने पक्ष
क्लारिसा परियोजनाको मलाई सबैभन्दा मनपर्ने पाटो भनेको यसको यड़पटिभ म्यानेजमेन्टको कन्सेप्ट हो । अर्को कुरा गर्नु पर्दा यसले त्यस्तो क्षेत्रको बालबालिकाहरुसंग काम गर्छ जुन समूह असुरक्षीत र जोखिममा हुँदा हुँदै पनि बेवास्तामा परेको समूह हो । त्यसको साथै, अनुभबी र उत्साही सहकर्मीहरुको साथ काम गर्ने मौका पनि क्लारिसाले दिएको छ।

रुचि
मलाई खान बनाउन र रचनात्मक तरिकाले खान बनाएको हेर्न रमाइलो लाग्छ। पोखरीमा माछाहरु चल्दा आएको आवाज लामो समयसम्म सुनेर बस्न मान्न लाग्छ भने बालबालिकाहरुसंग उनीहरुकै भाषामा बोल्न र खेल्न मन पर्छ ।