चित्रहरु

कविताहरु

पवित्रा पुडासैनी
'सिकाइदेउन पाठ'

हाम्रो आफ्नै अधिकार नपाइने भो अब मागेर
लिउ साथी खोजेर नहिंड भो भागेर
आफैं खोजौं अधिकार भोलि बन कर्णधार

पढ्छु खेल्छु भन्दाखेरी नताकन लाठ
सक्षम बन्न मलाई भोलि सिकाइदेउन पाठ

बन्न हामी कर्णधार आफैँ गरौँ पौरख
म त एउटा पौरखी आफैं गर्छु गौरव
भ्रुण हत्या नगर म हुँ तिम्रै रगत
बाच्न दियौ भने मलाई बन्छु तिम्रै बालक

पढ्छु खेल्छु भन्दाखेरी नताकन लाठ
सक्षम बन्न मलाई भोलि सिकाइदेउन पाठ

गर्छन् सबैले साइबरक्राइम दुर्व्यबहारका कुरा
स्वतन्त्रता बालबालिकाको कहिले हुने पुरा
ठुला ठुला आशा देखाई गर्छन् मिठा कुरा
आफ्नै घरमा बालश्रम रोप्छन् हामीलाई कामका छुरा

सबै शोषण चुपचाप सहने हामी बालक बरा

पवित्रा पुडासैनी
‘बुनिएका सपना‘

कहाँ जाउँ मा बिरह पोख्न जुन मन भित्र थुनिएका छन्,

कसरी हाँसिल गरूँ मेरा अधिकार जुन मेरा लागि बुनिएका छन् ।

 

दिनभर खटेर काम गर्दा पनि बेलुकी गाली खाने डर छ यहाँ,

दिनहुँ पेटीहरु म माथि बर्सिदा कति त टुटिएका छन्

कसरी हाँसिल गरूँ मेरा अधिकार जुन मेरा लागि बुनिएका छन् ।

 

थाहा छैन अझै कति रुवाउने हो कोरोनले,

तर कोरोना भन्दा खतरनाक यहाँ बालहिंसा आकाशझैं चुलिएका छन्

कसरी हाँसिल गरूँ मेरा अधिकार जुन मेरा लागि बुनिएका छन् ।

 

मात्र एउटा पन्नामा सिमित थियो भने आखिर किन यस्तो धेरै नाटक गर्छन्,

जो बालबालिकाका लागि असल चुनिएका छन्

कसरी हाँसिल गरूँ मेरा अधिकार जुन मेरा लागि बुनिएका छन् ।

 

अझै कति दिन खट्टिनु छ यी जोखिमपूर्ण काममा आखिर,

जुन ठाउंमा म जस्ता संयौं बालापन लुटिएका छन्

कसरी हाँसिल गरूँ मेरा अधिकार जुन मेरा लागि बुनिएका छन् ।

 

अब परिवर्तन गर्ने समय आएको छ

हातमा हात मिलाई, आवाजमा आवाज जोड्दै अघि बढौं हामी अझै

आफ्नो अधिकार आफै खोज्नु छ, पाउनु छ हाम्रा अधिकार जुन हाम्रा लागि बुनिएका छन्

आवाज निकालौं गुम्सिएर रहेका अनि खोजौं न्याय जुन हामीसंग खोसिएका छन्

सुरु आजैबाट र आफैबाट गरौँ सफल अवश्य होइन्छ