क्लारिसा परियोजना

विश्वभर हाल १५ करोड २० लाख बालबालिकाहरु बालश्रममा रहेका छन् । बालश्रमका विभिन्न प्रकारहरु भएपनि निकृष्ट किसिमका बालश्रम जस्तै सबै प्रकारका दासत्व, यौन कार्य, अश्लील र अवैध काम र क्रियाकलाप जसले बालबालिकाहरुको स्वास्थमा असर गर्दछ त्यसैले यसलाई उन्मूलन गराउन जरुरी छ ।  निकृष्ट किसिमका बालश्रमका बलियो आधारहरु र यसलाई कम गर्ने नयाँ समाधानहरू खोजी गर्नु यो परियोजनाको उद्देश्य हो ।

चाइल्ड लेबरः एक्सन–रिसर्च–इन्नोभेसन इन साउथ एण्ड साउथ – इस्टर्न एसिया (क्लारिसा) एउटा कन्सोर्टियम हो जसले सहभागितामूलक कार्य अनुसन्धानबाट बंगलादेश, म्यानमार र नेपालका बालबालिकाहरुलाई जोखिमपूर्ण र शोषणकारी श्रममा लाग्न नदिन रचनात्मक समाधानको खोजी गर्दछ र निकृष्ट किसिमका बालश्रम उन्मूलन गर्न भूमिका खेल्दछ।

क्लारिसा नेपाल

बालश्रम विश्वव्यापी रुपमा निकै संवेदनशील बिषय हो । नेपालमा यसलाई समाजीकरणसंग जोडेर शताब्दियौं पुरानो अभ्यासको रुपमा लिईने गरिन्छ । नेपालमा बालबालिकाहरु पारिवारिक आयको लागि अथवा बिना पारिश्रमिक औपचारिक र अनौपचारिक क्षेत्रहरूमा संलग्न हुने एउटा अभिन्न जनशक्तिको रुपमा रहेका छन् । बालबालिकाको शिक्षा, स्वास्थ, सुरक्षा र नैतिक विकासका अधिकारबाट उनीहरुलाई वन्चित गर्ने कुनै पनि श्रम अपराध हो तर पनि बालश्रम नेपालमा निकै ठुलो समस्याको रुपमा विद्यमान छ । बालबालिकाहरुलाई जबरजस्ती खतरनाक वातावरणमा काम लगाउने र व्यावसायिक रूपमा यौन शोषण गरि हिंसाको क्रुर रुप सहन गर्न बाध्य पार्ने गरिने गरिन्छ ।

नेपालमा यो परियोजनाले वयस्क मनोरञ्जन क्षेत्रमा हुने निकृष्ट किसिमको बालश्रममा केन्द्रित रहेर काम गरिराखेको छ । यो परियोजनाले निकृष्ट किसिमको बालश्रममा रहेका बालबालिकाहरुको जीवन कथा संकलन गरेर उनीहरुको अनुभव र त्यहाँबाट आएका प्रमाणहरुको आधारमा समस्याको रचनात्मक समाधानहरुको खोजी गर्ने कार्य गर्दछ ।
यिनै प्रमाणहरुको आधारमा बालबालिकाहरुलाई केन्द्रमा राखेर क्लारिसाको विस्तृत सहभागितामूलक प्रक्रियाले बालबालिकाहरुलाई निकृष्ट किसिमको बालश्रममा लगाउने कारकहरुबाट टाढा रहन र बालश्रममा लाग्ने बाहेक अरु कुनै विकल्प नभएकाहरुको जीवन स्तर सुधार्न रचनात्मक समाधानहरुको खोजी गर्दछ ।

हाम्रा प्रमुख गतिविधिहरु

हाम्रो कार्यशैली

  • बालबालिका तथा युवाहरुको कार्यमूलक अनुसन्धान समूहले उनीहरुलाई शोषणपूर्ण अवस्थामा पु¥याउने कारणहरु विश्लेषण गर्ने र व्यवहारिक समाधानहरूको पहिचान गर्ने ।
  • कार्यक्रमको समीक्षा बैठक नियमित रुपमा गर्ने र प्रमाण र रचनात्मक समाधानका लागि बाल–केन्द्रित दृष्टिकोण अपनाउने ।
  • बालबालिका तथा उनीहरुका परिवारहरुलाई पैरवी, स्थानीय निर्णय प्रक्रिया तथा गतिविधिहरुमा सहभागी हुने अवसरको खोजी गर्ने ।
  • अनुगमन, मूल्यांकन र सिक्ने अवधारणा अन्तर्गत प्राप्त प्रमाणहरु, रचनात्मक कार्यहरु र अनुकुलन व्यवस्थापनका सिकाईहरुलाई कन्सोर्टियमभित्र प्रयोग गर्ने ।

क्लारिसा टिम

भीओसी टिम

राष्ट्रिय संयोजक
Raju_Ghimire-clarissanepal
बाल सुरक्षा संयोजक
वरिष्ठ सहभागितामूलक कार्य अनुसन्धानकर्ता
सूचना तथा डकुमेन्टेशन व्यवस्थापक
अनुसन्धान अधिकृत
डकुमेन्टेसन अफिसर

सिविस टिम

एडभोकेसी एक्सपर्ट
सहभागितामूलक कार्य अनुसन्धानकर्ता
डकुमेनटेसन अफिसर
संचार अधिकृत

टिडीएच

मनिटरिङ्ग, इभ्यालुयसन एंड लर्निङ्ग (मेल) म्यानेजर

प्रशासन / आर्थिक

प्रशासक
आर्थिक प्रशासनिक व्यवस्थापक

हाम्रा सहयोगीहरु

ग्लोबल पार्टनर

इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (आईडीएस)
आईडीएस एउटा दिगो र न्यायसंगत परिवर्तनको लागि विश्वव्यापी अनुसन्धान र शिक्षण संगठन हो । क्लारिसामा आईडीएसले निकृष्ट किसिमको बालश्रम अन्त्य गर्ने उपायहरुको ज्ञान सह–विकास गर्ने मिशनको नेतृत्व आईडीएसले गर्दछ । थप जानकारीका लागिः https://www.ids.ac.uk/
चाइल्डहोप युके (सीएचयुके)
क्लारिसाको कोर (अयचभ) साझेदारको रुपमा सीएचयुकेको भूमिका भनेको भ्वाइस अफ चिल्ड्रेन (नेपाल) को आयोजक संस्थाको रुपमा सहायता प्रदान गर्ने हो जसबाट भ्वाइस अफ चिल्ड्रेनलाई निकृष्ट किसिमको बालश्रममा केन्द्रित भएर सहभागितामूलक प्रक्रिया पुरा गर्न सक्छ । थप जानकारीको लागिः https://www.childhope.org.uk/
कन्सोरटियम फोर स्ट्रीट चिल्ड्रेन (सीएससी)
क्लारिसाको कोर (अयचभ) साझेदारको रुपमा सीएससीले बंगलादेश र नेपालका नेपालीहरुसंग काम गर्दछ । सीएससीको सहायतामा ती पार्टनर्सहरुले बालबालिकाहरुलाई जोखिमपूर्ण र शोषणपूर्ण श्रम हटाउन उनीहरुको राय बुझ्ने काम गर्दछन् । थप जानकारीको लागिः https://www.streetchildren.org/
टीडीएच
क्लारिसामा टीडीएच नेपालले अनुगमन, मूल्यांकन र सिकाइ (मेल) को पाटो व्यवस्थापन गर्दछ । थप जानकारीको लागिः https://www.tdh.ch/en/our-interventions/nepal

नेशनल पार्टनर

भ्वाइस अफ चिल्ड्रेन (भीओसी)
चाइल्डहोप युकेको साझेदारीमा, क्लारिसाको आयोजक संस्थाको रुपमा भीओसीले काम गरिराखेको छ । अदृश्य रुपमा समाजमा विद्यमान बालश्रमका सामाजिक मान्यताहरु खोजी कर्ने काम गर्दछ । सहभागितामूलक प्रकिया मार्फत निकृष्ट किसिमको बालश्रमका समस्याका नवीनतम समाधानहरुको खोजी गर्दछ । थप जानकारीको लागिः https://www.voiceofchildren.org.np/
समाज सेवा तथा मानब अधिकारमा महिला तथा बालबालिका (सिविस)
क्लारिसाको लागि नेपालको साझेदारी संस्थाको रुपमा सिविसले सहभागितामूलक प्रकिया मार्फत निकृष्ट किसिमको बालश्रमका समस्याका नवीनतम समाधानहरु खोजी गर्ने काम गर्दछ । सिविसले परियोजनाको पैरवी र संचारको पाटोमा नेतृत्व गर्दछ । थप जानकारीको लागिः https://www.cwish.org.np/
टीडीएच नेपाल
क्लारिसामा टीडीएच नेपालले अनुगमन, मूल्यांकन र सिकाइ (मेल) को पाटो व्यवस्थापन गर्दछ । थप जानकारीको लागिः https://www.tdh.ch/en/our-interventions/nepal