रंजना शर्मा

सहभागितामूलक कार्य अनुसन्धानकर्ता

शैक्षिक योग्यता र अनुभव
बिगत एक दशक देखी मुलतः बालबालिकाका बिषयमा बिभिन्न संघसंस्थामा रही वकालत र पैरवी गर्दै आईरहेको छु । यस दौरानमा परीयोजना निर्माण, कार्यन्वयन, खोज–अनुसन्धान र बिश्लेषण, अनुगमन एवम् मुल्याङ्कन जस्ता शिप बिकास गर्दै यसमा दक्षता हासिल गरेको छु । यससँगै सरकारी, गैरसरकारी एवम् अन्य सरोकारवाला निकायसँग प्रभावकारी संचार र समन्वय गर्न अभ्यस्त छु ।

क्लारिसा परियोजनामा मनपर्ने पक्ष
यस परीयोजनामा आबद्ध भएर प्रतक्षरुपमा लक्षित वर्गसँग काम गर्न पाउंदा म आनन्दित महसुस गर्दछु । परीयोजना अन्तर्गतका विविध कृयाकलाप गर्दा सामुहिक रुपमा गरिने भएकाले एकअर्का बाट फरक–फरक शिप र ज्ञान सिक्न पाउने अवसर पनि प्राप्त हुन्छ । यसप्रकारका अवसरले मलाई सदैव प्रेरित गर्दछ ।

रुचि
स्वदेश तथा बिदेशका नयाँ–नयाँ ठाउँहरु घुम्न जानु मेरो मूख्य रुची हो । त्यस बाहेक चलचित्र हेर्न, गीतसंगित सुन्न र आफ्नो साथीहरुसँग भेटघाट गर्न, दैनिक योग अभ्यास गर्न पनि मलाई अत्यन्तै मन पर्छ ।