राजु घिमिरे

बाल सुरक्षा संयोजक

शैक्षिक योग्यता र अनुभव
मैले समाजशास्त्रमा स्नातकोत्तर र मनोविज्ञानमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गरेको छु । साथै बालअधिकार, परिवार विकास लगायत बिभिन्न किताबहरुको लेखन तथा सम्पादन गरेको छु र बिभिन्न पत्रपत्रिकामा बालअधिकारसम्बन्धी लेखहरु प्रकाशित भएका छन् । सहभागितामुलक कार्य अनुसन्धान, बालअधिकार संरक्षण, बालसुरक्षा, अनुगमन तथा मुल्यांकन, मनोसामाजिक परामर्श, आदि विषयमा तालिम हासिल गरेको छु ।

क्लारिसा परियोजनामा मनपर्ने पक्ष
सहभागितामुलक कार्य अनुसन्धानका लागि बालबालिकासँग तालिममा सहभागी हुँदा ।
कार्यमुलक अनुसन्धानमा सहभागी भई बालसुरक्षाको विषयमा थप तालिम तथा तीनवटा देशका प्रतिनिधिहरुबिच अनुभव आदानप्रदान गर्दा ।

रुचि
बालबालिकासँग काम गर्ने, पुस्तकहरु पढ्ने ।