कृति भट्टराई

सूचना तथा डकुमेन्टेशन व्यवस्थापक

शैक्षिक योग्यता र अनुभव
मैले पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेको छु ।

क्लारिसा परियोजनामा मनपर्ने पक्ष
जनसम्पर्क, संचार, कार्यक्रम परिकल्पना तथा विकासका साथै सामाजिक अभियन्ताको रुपमा म आफूलाई चिनाउन चाहन्छु । मेरो विगत २० वर्षदेखि नेपालको विभिन्न राष्ट्रिय संचारमाध्यमका साथै सामाजिक संघसंस्थाहरुमा आवद्ध रही काम गर्दै आएको अनुभव छ । मैले आफूले संचालन तथा निर्माण गरेका कार्यक्रमहरुहरुमा (रेडियो, टेलिभिजन) बालबालिका, महिला तथा किशोर किशोरीका साथै लैङ्गिक समानता, प्रजनन र मानसिक स्वास्थ्यका सवालमा विषय उठान गर्दै आइरहेको छु । पछिल्लो एक दशकदेखि विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रही कार्यक्रम विकास, सहजीकरण, सोधमुलक अनुसन्धान लगायतका जिम्मेवारी कुशलतापूर्वक निभाएकी छु । रिस्क कम्युनिकेशनको स्रोत व्यक्तिका रुपमा पनि विशेष अनुभव रहेको छ । सकारात्मक सोच, वरीपरीको वातावरण तथा परिस्थिती अनुकुल ढल्न सक्ने मेरो क्षमता छ । हाल म भ्वाइस अफ चिल्डे«नको ऋीब्च्क्ष्क्क्ब् परियोजनामा सूचना तथा डकुमेन्टेशन व्यवस्थापकको रुपमा विगत एक वर्षदेखि काम गर्दै आइरहेकी छु । यस परियोजनामा बाल सुरक्षा संयोजकसँग पनि नजिक रही काम गर्दै आइरहेकी छु । जसले मलाई बालबालिका, किशोर किशोरीको सुरक्षा स्थिती र चासोकाबारेमा जान्न र सहयोगको लागि भूमिका निभाउन समेत मद्दत गरेको छ । यो परियोजनाबाट समूहमा रही धेरै कुरा सिक्न मद्दत पुगेको छ भने मेरो हालसम्मको कार्यगत अुनभवले पनि यस परियोजनामा टेवा पुग्ने विश्वास लिएको छु ।

रुचि
संगीत सुन्नु, बालबालिकाकासँग रमाउनु र किताब पढ्नु मेरो रुचिभित्र पर्दछ ।