शान्ता कार्की

मनिटरिङ्ग, इभ्यालुयसन एंड लर्निङ्ग (मेल) म्यानेजर

शैक्षिक योग्यता र अनुभव
मैले ग्रामीण विकासमा स्नातोकत्तर गरेको छु। विकास र मानवीय क्षेत्रम मेरो करिब दश बर्षको अनुभव छ। हाल म तेर्रे देस होम्मेस संस्थामा आबद्ध छु र क्लारिसा परियोजनामा मेल म्यानेजरको रुपमा काम गरिराखेको छु। मैले यस संस्थामा बाल संरक्षण र स्वास्थ्य अन्तर्गत विविन्न कार्यक्रमहरुमा अनुगमन र मुल्यांकनको पाटोलाई व्यवस्थापन गर्ने कार्य गर्दछु।

क्लारिसा परियोजनामा मनपर्ने पक्ष
मलाई क्लारिसा टिमसंग बसेर कार्यक्रमका गतिबिधिहरुबारे समीक्षा गरि त्यस्ता सिकाईहरुको अभिलेखीकरण गर्न मन पर्छ र साथै एक्शन रिसर्च सम्बन्धि तालिमहरुमा सहभागी हुन मनपर्छ।

रुचि
मलाई विभिन्न ठाउँहरु घुम्न मन पर्छ भने फुर्सदको समयमा किताब पढ्ने र टेड टक्स सुन्न मन पर्छ।