क्लारिसा परियोजना यस्तो एउटा परियोजना हो जसले बालबालिकाहरुलाई अनुसन्धानमा सहभागी गराएर उनीहरुबाट नै निकृष्ट किसिमको बालश्रमको समस्याको समाधानको खोजी गर्दछ । यो परियोजनाले बालश्रममा लागेका बालबालिकाहरु र उनीहरुको परिवारहरुबीच बाल सरोकारका बिषयहरुमा वकालतमा गर्न, जोखिमपूर्ण र शोषणपूर्ण श्रम सम्बोधन गर्नका लागि गरिने निर्णयमा भाग लिन र सामाजिक, स्वास्थ्य र सुरक्षाको अवस्था सुधार गर्ने अवसरहरू अन्वेषण गर्न सहयोग पु¥याउँछ ।

त्यसैगरी, परियोजनाले बालबालिका र युवाहरुको अनुसन्धान समूह बनाई उनीहरुलाई कस्ता कुराहरुले शोषणपूर्ण श्रममा धकेल्छ भनेर अध्ययन गर्ने र त्यसबाट व्यवहारिक समाधानहरू पहिचान गर्दछ । यसबाट सुरक्षा, सेवाहरूमा पहुँच, उद्धार र पुनर्वास, शिक्षा, शासन र प्रवर्तनको लागि रचनात्मक समाधानका उपायहरु निकाल्न सकिन्छ भन्ने सोच यो परियोजनाको छ । पैरवीका लक्ष्य, रणनीति र बालबालिकाहरुको सिकाइहरु पहिचान गरी उनीहरुकोे नेतृत्वमा गठबन्धन बनाई त्यसलाई दिगो बनाउने उद्देश्य पनि यो परियोजनाले परिकल्पना गरेको छ ।