निकृष्ट किसिमको बालश्रमबाट प्रभावित बालबालिकाहरुको संख्या घटाउनलाई क्लारिसा परियोजनाबाट आएका प्रमाण र ज्ञानहरुलाई योजनावद्ध र श्रोतपूर्ण रुपमा पैरवीका लागि प्रयोग गरिन्छ । यसले नीति, अभ्यास, सेवा र प्रावधान, कानुनको बिकास गर्नुको साथै प्रमुख सरोकारवालाहरुको क्षमता वृद्धि गरी दूरगामी रुपमा सकारात्मक प्रभाव पार्न सक्दछ ।

पैरवीका प्रमुख सिद्धान्तहरु

  • बालबालिकाहरुलाई प्रभाव पर्ने सबै निर्णयहरुमा उनीहरुको सहभागिता
  • बालबालिकाहरु प्रति उत्तरदायी र पारदर्शी
  • गैर विभेद, समावेशी र समानता
  • आनो अधिकार माग गर्नको लागि बालबालिकाहरुको सशक्तीकरण
  • कर्तव्य प्रदाययक अन्तर्राष्ट्रिय, क्षेत्रीय र घरेलु कानून अन्तर्गत आफ्नो कानुनी दायित्व पूरा गरे नगरेको सुनिश्चिता