विश्वभर हाल १५ करोड २० लाख बालबालिकाहरु बालश्रममा रहेका छन् । बालश्रमका विभिन्न प्रकारहरु भएपनि निकृष्ट किसिमका बालश्रम जस्तै सबै प्रकारका दासत्व, यौन कार्य, अश्लील र अवैध काम र क्रियाकलाप जसले बालबालिकाहरुको स्वास्थमा असर गर्दछ त्यसैले यसलाई उन्मूलन गराउन जरुरी छ । निकृष्ट किसिमका बालश्रमका बलियो आधारहरु र यसलाई कम गर्ने नयाँ समाधानहरू खोजी गर्नु यो परियोजनाको उद्देश्य हो ।
चाइल्ड लेबरः एक्सन–रिसर्च–इन्नोभेसन इन साउथ एण्ड साउथ – इस्टर्न एसिया (क्लारिसा) एउटा कन्सोर्टियम हो जसले सहभागितामूलक कार्य अनुसन्धानबाट बंगलादेश, म्यानमार र नेपालका बालबालिकाहरुलाई जोखिमपूर्ण र शोषणकारी श्रममा लाग्न नदिन रचनात्मक समाधानको खोजी गर्दछ र निकृष्ट किसिमका बालश्रम उन्मूलन गर्न भूमिका खेल्दछ।
बालश्रम विश्वव्यापी रुपमा निकै संवेदनशील बिषय हो । नेपालमा यसलाई समाजीकरणसंग जोडेर शताब्दियौं पुरानो अभ्यासको रुपमा लिईने गरिन्छ । नेपालमा बालबालिकाहरु पारिवारिक आयको लागि अथवा बिना पारिश्रमिक औपचारिक र अनौपचारिक क्षेत्रहरूमा संलग्न हुने एउटा अभिन्न जनशक्तिको रुपमा रहेका छन् । बालबालिकाको शिक्षा, स्वास्थ, सुरक्षा र नैतिक विकासका अधिकारबाट उनीहरुलाई वन्चित गर्ने कुनै पनि श्रम अपराध हो तर पनि बालश्रम नेपालमा निकै ठुलो समस्याको रुपमा विद्यमान छ । बालबालिकाहरुलाई जबरजस्ती खतरनाक वातावरणमा काम लगाउने र व्यावसायिक रूपमा यौन शोषण गरि हिंसाको क्रुर रुप सहन गर्न बाध्य पार्ने गरिने गरिन्छ ।
नेपालमा यो परियोजनाले वयस्क मनोरञ्जन क्षेत्रमा हुने निकृष्ट किसिमको बालश्रममा केन्द्रित रहेर काम गरिराखेको छ । यो परियोजनाले निकृष्ट किसिमको बालश्रममा रहेका बालबालिकाहरुको जीवन कथा संकलन गरेर उनीहरुको अनुभव र त्यहाँबाट आएका प्रमाणहरुको आधारमा समस्याको रचनात्मक समाधानहरुको खोजी गर्ने कार्य गर्दछ ।
यिनै प्रमाणहरुको आधारमा बालबालिकाहरुलाई केन्द्रमा राखेर क्लारिसाको विस्तृत सहभागितामूलक प्रक्रियाले बालबालिकाहरुलाई निकृष्ट किसिमको बालश्रममा लगाउने कारकहरुबाट टाढा रहन र बालश्रममा लाग्ने बाहेक अरु कुनै विकल्प नभएकाहरुको जीवन स्तर सुधार्न रचनात्मक समाधानहरुको खोजी गर्दछ ।
हाम्रो कार्यशैली