Press Release


Published on : Nov-06-2023

                                                                                                                                                     २०८० कात्तिक १९ गते
प्रेश विज्ञप्ती

मिति २०८० कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेटको समयमा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि सयौं जनाको मृत्यु भएको, सयौं घाईते भएको खबरले हामी अत्यन्त दुखिःत भएका छांै । सर्वप्रथम यस प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछांै । साथै यस प्राकृतिक प्रकोपमा परिवारका सदस्य गुमाएका, घाइते भएका र विभिन्न क्षति भोग्नु हुने सम्पूर्ण परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछांै । यस भूकम्पका क्रममा जाजरकोट, रुकुम लगायतका क्षेत्रमा अझ ठूलो मात्रामा जन र धनको नोक्सानी भएको सूचनाहरु आइरहेका छन् । ती क्षेत्रहरुमा सयौंको संख्यामा घरहरु भत्किएका र राती सुतिरहेको अवस्थामा भएकाले धेरै जनताको घरमै मृत्यु भएको समाचारहरु आइरहेका छन् । यसले गर्दा जाजरकोट, रुकुम लगायतका क्षेत्रमा जन–जीवन अत्यन्त कष्टपूर्ण बनेको छ ।
यस्तो अवस्थामा तीनै तहका सरकारहरु, सबै राजनीतिक पार्टीहरु र सामाजिक संघसंस्थाहरु सक्रिय भई आआफ्नो तर्फबाट आवश्यक सहयोग गर्न हामी सबैको दायित्व र जिम्मेवारी भएकोले यो दुःखद समयमा सबै एक जुट भएर लाग्न अनुरोध गर्दछौं । साथै प्रभावित क्षेत्रमा आवश्यक साधन स्रोतहरु जुटाउन, उद्धार सामग्रीहरूको बन्दोबस्त गर्न र मृत्यु भएका नागरिकहरुको परिवार तथा आपतमा परेका नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन तिनै तहको सरकार र त्यस अन्तर्गतका विभिन्न निकायहरुसँग समन्वय गरि सहयोगमा जुट्न सम्पुर्णमा हार्दिक अपिल गर्दछौं ।   

अध्यक्ष
 
बिमला ज्ञवाली 
समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ( सिविस )