“गन्तव्यहिन यात्रामा बालबालिका”बाल संरक्षण राष्ट्रिय अभियान

(Destination Unknown- Children on the move campaign in Nepal)

“गन्तव्यहिन यात्रामा बालबालिका” अन्तराष्ट्रिय अभियान हो । यसको नेत्तृत्व अन्तराष्ट्रिय स्तरमा तेरे दे जोमले गरिरहेको छ भने नेपालमा यसको संयोजन सिविसले तथा सह संयोजन स्वतन्त्रता अभियान र परिवर्तनका लागि हामीले गर्नुका साथैं सदस्यहरु शहरी वातावरण व्यवस्थापन समाज, साथसाथ, चेन्ज नेपाल, पौरखी नेपाल, तेरे दे जोम जर्मनी, लुजान र नेदरल्यान्ड लगायतका साझेदार संस्थाहरुले गर्दै आईरहेका छन् । गन्तव्यको खोजीमा रहेका बालबालिकाको संरक्षणका लागि नेपालमा लाखौं बालबालिका सुरक्षित गन्तव्य र भविष्यका लागि यात्रारत छन् । उनीहरुले घर गुमाएका छन् । उनीहरु गरिबी, हिंसा, दुव्र्यवहार र विपत्तिबाट उम्कन चाहन्छन् । यो हिडाईमा उनीहरु शोषण र हिंसामा पर्न सक्छन् । उनीहरुको यात्रा अन्योलमा छ । सुरक्षित र सचेत पहिचान नभई आफ्नो घरबाट विस्थापित या बाहिरिएका बालबालिका नै गन्तव्यहिन यात्रामा रहेका बालबालिका हुन् । घरपरिवारबाट अलग्गिएका श्रमिक बालबालिका, मनोरञ्जन क्षेत्रमा रहेका, विभिन्न श्रम शोषणमा रहेका बालबालिका, सडकमा रहेका बालबालिका र बेचविखनमा परेका बालबालिका गन्तव्यहिन यात्रामा छन् । बालबालिका गन्तव्यकाबारेमा कसैबाट भ्रममा परि ललाई फकाई वा बाल रहरमा निस्किएका बालबालिका पनि गन्तव्यहिन यात्रामा रहेका छन् ।

यस अभियानको उद्देश्य थातथलोबाट बाहिरिएका बालबालिकाको अधिकारको पूणर््ा प्रत्याभुतिका निम्ति सशक्त बालबालिका, सकृय नागरिक समाज र जिम्मेवार सरकारी संयन्त्र तथा आवश्यक नीतिगत र कार्यक्रमिक ब्यबस्थाको सुनिश्चित गर्नु रहेको छ । गन्तब्यहिन यात्रामा बालबालिका बहुआयामिक जोखिममा रहेका हुन्छन् । आप्mनो परिवार र समाजबाट अलिगिएर उनीहरुले पारिवारिक र सामाजिक संरक्षण गुमाएका हुन्छन् भने नयाँ समुदायले उसप्रति भेदभाव, लाञ्छना र शोषण गर्ने खतरा पनि त्यत्तिकै रहन्छ । थातथलोबाट बाहिरिएको कारण स्थानीय राज्य संयन्त्रले उसलाई पहिचान गर्न र नागरिक स्वीकार्न तथा राज्यका सुविधाहरुबाट लाभान्वित हुनबाट रोक्न सक्छ । बरु कतिपय अवस्थामा राज्यका सिमाभित्र अनधिकृत प्रवेश वा सामाजिक विश्रंखसलताका नाममा दण्ड सजायँ पनि गर्न सक्छ । करीब ११ लाख बालबालिका आप्mनो परिवारभन्दा बाहिर रहेका छन् । यौन सेवा तथा व्यवशायमा लगाइएका मध्ये १६ देखि ३३ प्रतिशत १८ बर्षभन्दा कम उमेरका रहेका छन् र तिनीहरुध्ये अधिकांश घर परिवारबाट टाढा रहेका छन् । करिब ५ हजारको संख्यामा सडक बालबालिका रहेका छन् । बार्षिक १२ देखि १७ हजार महिलाहरु बेचबिखनको शिकार भइरहेका छन् र तिनीहरुमा आधाभन्दा बढी संख्या बालिकाहरुको रहेको छ । बैदेशिक रोजगारीकाक्रममा उमेर ढाँटेर कम उमेरका बालबालिका पनि जाने क्रम बढिरहेको छ । करीब १६ लाख बालबालिका श्रममा रहेकोमा ३ लाखभन्दा बढी बालबालिका परिवारबाट बाहिर रहेका छन् । करीब १६ हजार बालबालिका अनावश्यक रुपमा परिवारभन्दा बाहिर बाल गृहहरुमा रहेका छन् । बालबालिका परिवार र समाजमा रहेको लैंगिक तथा जातीय विभेद, बालबालिका विरुद्द हुने हिंसा दुव्यर्वहार, शारिरिक सजायँबाट बच्न तथा शहरी जीवनका आकर्षण र अवसर, शिक्षाको चाहना लगायतका कारणले गन्तब्यहिन यात्रामा आपैm वा अन्यकुनै ब्यक्तिको सहायतामा पुग्ने गर्दछन् । नेपालका निति तथा कार्यक्रमहरुले जोखिमपुर्ण गन्तब्यमा पुगिसकेका बालबालिकाको सरोकारहरुलाई सम्बोधन त गरेको छ तर, तिनी कार्यक्रमहरुले गन्तब्य र यात्राको अवस्थालाई सुरक्षित बनाउने, बालबालिकालाई पीडितको रुपमा संरक्षण, सहायतागर्ने र बालबालिकाको सम्पुर्ण अधिकारहरुको सुनिश्चितता गर्ने कार्य भने गर्न सकेको छैन । कतिपय अवस्थामा स्वयं बालबालिकामाथि नै दण्ड सजाय हुने ब्यबस्थाहरु पनि कायम रहेको छ । बढ्दो शहरीकरण, राजनितिक अस्थिरता र आर्थिक अवसरहरुको असमानताका कारण बालबालिका थातथलोबाट बाहिरिने जोखिम बढ्दो छ ।

अभियानको मान्यता ः

  • आवागमनको स्वतन्त्रता सबैको मानवअधिकार हो र बालबालिकाको पनि अधिकार हो ।
  • स्वतन्त्रता विकास र अवसरहरुका निम्ति मानिसहरुलाई आवागमनको स्वतन्त्रता रहेको छ ।
  • आवागमनकाक्रममा जोखिमहरु बढेका हुन्छन्, तसर्थ राज्यका निकाय, वयस्क ब्यक्ति, संस्था तथा समुहहरुले बालबालिकाको लागि आवगमन सुरक्षित,बालमैत्री र ब्यबस्थित गर्न जरुरी छ।
  • आन्तरिक वा अन्तर्देशिय आप्रवासनलाई न्यूनीकरण गर्न स्थानीय तहमा नै शैक्षिक, सामाजिक संरक्षण तथा आर्थिक अवसरहरुको उपलब्धता हुन जरुरी छ ।
  • कुनै पनि गन्तब्य वा अनिश्चित यात्रामा बालबालिकाकालागि संरक्षण र सहायताका  ब्यबस्था तथा संयन्त्रहरु रहनुपर्दछ ।
  • कुनै पनि वहानामा वा हैसियतका आधारमा (चाहे त्यो आप्रवासी भएकै कारणले) कुनै पनि बालबालिकाले प्राप्त गर्नुपर्ने आधारभुत अधिकार संरक्षणबाट बञ्चित गरिनुहुदैन ।

यसका लागि राज्यले नीतिगत, कानूनी र कार्यक्रमिक ब्यबस्थाहरु गर्न जरुरी हुन्छ । नागरिक समाजले सचेतना, अनुगमन, खबरदारी र सहकार्य गर्नुपर्दछ ।

यस अभियानकामागहरु ः

  • यात्रामा रहेका वा अनपेक्षित जोखिमपुर्ण गन्तब्यमा आइपुगेका बालबालिकाको सर्वोत्तम हिततथा पुर्ण अधिकारको उपभोगको अन्य बालकालिकासरह समान उपभोगको सुनिश्चितता गरियोस ।
  • बालबालिकालाई असुरक्षीत आप्रवासन र गन्तब्यहिनयात्राबाट जोगाउनकालागि स्थानीयस्तरमा सम्पुर्ण विभेद, हिंसा, दुव्र्यवहार, शोषण बञ्चिीतीकरणको अन्त्यका लागि आवश्यक नितिगत तथा कार्यक्रमिक ब्यबस्था गरियोस ।
  • असुरक्षित आप्रवासन तथा यात्रामा आइपुगेका बालबालिकालाई राज्य संयन्त्र तथा स्थानीय समुदायहरुबाट हुन सक्ने कुनै पनि विभेद, हिंसा र दण्ड सजायको अन्त गरियोस र सुरक्षीत तथा बालमैत्री ब्यबहारको सुनिश्चितता गरियोस ।
  • गन्तब्यहिन यात्रामा रहेका, वा जोखिमपुर्ण गन्तब्यमा पुगेका वा यस प्रकारको जोखिममा रहेका बालबालिकाको सन्दर्भमा कुनै पनि निर्णय गर्दा, कार्यक्रम तथा निति निर्माण गर्दा उनीहरुको विचार र भावनालाई उच्च कदर गरियोस स्वयं बालबालिकालाई सकृय सामmेदारको रुपमा स्वीकार गरियोस ।
  • गन्तब्यहिन यात्रामा रहेका बालबालिकाको सरोकारहरुलाई ब्यापक रुपमा सार्वजनिक तथा नितिगत बहसमा ल्याइयोस र यस सन्दर्भमा उनीहरुको अधिकार वयस्क समुह र राज्य संयन्त्रका जिम्मेवारीहरुका बारेमा राष्ट्रिय सचेतना सञ्चालन गरियोस ।
  • पारिवारिक पुनएर्किकरण तथा सामाजिक पुनस्र्थापनाका कार्यहरुमा बालबालिकाको सामाजिक आर्थिक अवस्थाको पर्याप्त अध्ययन विश्लेषण गरी एक घट्ना एक हस्तक्षेपका आधारमा ब्यबस्थापन र सम्बोधन गरियोस ।
  • गन्तब्यहिन यात्रामा रहेका बालबालिकाको संरक्षण र अधिकार प्रत्याभुती तथा असुरक्षीत आप्रवासनलाई न्युनिकरण गर्न स्थानीय निकाय, स्थानीय बाल संरक्षण समिति, बाल क्लब तथा स्थानीय संरक्षण संयन्त्रहरुलाई सकृय र सक्षम बनाइयोस ।
  • गन्तब्यहिनयात्रामा रहेका बालबालिका लक्षित सबै कार्यक्रम तथा नीतिनियमहरु बालबालिकाको आवागमनको स्वतन्त्रतालाई सम्मान र संरक्षण गर्दै, नेपालको संविधान २०७२ मा उल्लेखित मौलिक हक, बालअधिकार महासन्धि १९८९ र यसका ऐच्छिक प्रलेखहरु र अन्य मानवअधिकार महासन्धिले तय गरेका मापदण्ड अनुरुप बनाइयोस ।