बालिका श्रमिकहरू सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा


१०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च २०१७ को उपलक्ष्यमा घरेलु बालश्रम, ईँटाभट्टा, गलैँचा र मनोरञ्जन गरी ४ श्रम क्षेत्रमा संलग्न हुन बाध्य श्रमिक बालिकाहरूद्वारा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफूले भोगेका समस्या र समस्या समाधानका लागि सुझाव प्रस्तुत गरे । समस्या समाधानका लागि राखिएको सुझावमा बालश्रमिक हुनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने, सबै श्रमक्षेत्रमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गरिनु पर्ने, श्रम सम्मानित हुनुपर्ने, ती क्षेत्रहरुमा हुन सक्ने यौन दुव्र्यवहारलगायत सबै दुव्र्यवहार गर्नेलाई कानुन बमोजिम दण्डसजाय हुनुपर्ने रहेका छन् । श्रमिक बालिकाहरूले मौखिक रूपमा राखेका विषयवस्तुहरू लिखित रूपमा सम्माननीय राष्ट्रपति मार्फत सम्बन्धित मन्त्रालयका सचिवहरूसमक्ष हस्तान्तरण गरिएको थियो ।

CWISH president 1a

CWISH president 2

CWISH president 3