बालबालिकामाथि पर्न सक्ने भावनात्मक पीडालाई सुनौँ, बुझौँ र समाधानका उपायहरू अपनाऔँं

Manita Dharel - Psycho social Counseller१. मनोविमर्श  के हो ?                                                     
कुनै पनि घटनाका कारण वा अरु आफ्नो विभिन्न किसिमका समस्याको कारणले गर्दा व्यक्तिहरूमा असाध्यै चिन्तित भएको, काम गर्न नसक्ने अवस्थामा पुग्ने
गरेको देखिन्छ । यसका साथै व्यक्तिहरू विभिन्न असामान्य व्यवहारिक समस्याहरूबाट ग्रस्त भएको देख्ने गरेका छौँ । यस्ता किसिमका समस्याहरू बढ्दै गएमा व्यक्तिहरूलाई आघातसम्म हुने गर्दछ । आघात विभिन्न भावनात्मक पीडाहरूको कारणले गर्दा उत्पन्न हुने गर्दछ । भनिन्छ, आजकल सुन दिने भन्दा सुनिदिनेको आवश्यकता छ तर हाम्रो समाजमा कसैलाई पनि कसैको कुरा सुन्ने समय पाएको देखिँदैन । सबैजना केही पाउनुका लागि भागदौड गरिरहेका हुन्छन् ।
अझ भन्ने हो भने श्रीमान् श्रीमती दुवैजना रोजगारी भएको परिवार र  संयुक्त परिवार नभएको बालबालिकामा यस्ता समस्याहरू धेरै मात्रामा पाउने गरिन्छ । उनीहरूलाई बालबालिकालाई दिने समय र उनीहरूको कुरा सुनिदिने समय नभएको कारणले गर्दा यस्ता बालबालिकामा भावनात्मक समस्याहरूको सुरुवात हुने गर्दछ ।

उक्त भावनात्मक पीडाको असरले व्यक्तिको दैनिक जीवनमा लगातार वा एक हप्ता भन्दा बढीसम्म प्रभाव पार्न थाल्दछ भने त्यसबाट उत्पन्न हुने समस्या नै मनोसामाजिक समस्या हो । यस्तो समस्यालाई कम गर्नका लागि समस्या भएको व्यक्तिको समस्या सुनेर समान अनुभूति प्रदान गरेर समस्या शान्त पार्दै उत्प्रेरणा दिनु र पीडामा परेको व्यक्तिलाई नै उक्त पीडाको सामाना गर्न सक्षम एवं सशक्त बनाउनु नै मनोविमर्श सेवा हो । यसमा समस्या भएको व्यक्ति र मनोविमर्शकर्ता बसेर समस्यामा योजनाबद्ध रूपमा  छलफल गर्ने प्रक्रिया अपनाउने गरिन्छ ।

२. मनोसामाजिक समस्या का कारणहरु                   
१. परिवारमा अनमेल विवाह हुनु                    
२. आर्थिक अभाव हुनु
३. घरमा परिवार बीच धेरै झैझगडा हुनु         
४. साथीभाइको व्यवहारबाट
५. सामाजिक सांकृतिक चालचलनमा बेमेल हुनु     
६. प्राकृतिक विपत्ती ः बाढी, पहिरो, आगलागी , भूकम्प आदि
७. भेदभाव (जातियता, लैङ्गिक)
८. विद्यालयमा हुने शिक्षक र शिक्षकाहरूको व्यवहारबाट         
९. विद्यालयमा हुने साथीहरूको बुलिङ्गबाट
१०. परिवार तथा बालबालिकालाई दिइने दण्डसजाय र कुटपिटबाट
११. बालबालिकालाई परिवारले समय नदिएको कारणबाट
१२. बालबालिकामाथि हुने यौन दुव्र्यवहारबाट            
१३. बालबालिकाहरूको  कुरालाई महत्व नदिएको कारणबाट
१४. प्राकृतिक विपत्तीको कारण उत्पन्न समस्याबाट   
१५. आमा बाको मृत्युको कारणबाट  
१६. परिबारबाट टाढा रहनु परेको कारणबाट

३. के तपाइले ख्याल गर्नुभएको छ तपाइका बालबालिकाहरुमा यस्ता किसिमका लक्षणहरु देखा परेका त छैनन् ?
१. टोलाएर बस्ने                                 
२. खान मन नगर्ने अथवा धेरै खाने         
३. एक्लै बस्न मन गर्ने             
४.समाजमा घुलमिल भएर नबस्ने
५. म एक्लो छु भन्ने महसुस गर्ने         
६. आफ्नो केही कुरा पनि बताउन नखोज्ने
७. डर लाग्ने कुरा बताउने             
८. छिटो छिटो श्वास फेर्ने
९.निन्द्रा नलाग्ने                 
१०. बिरामी छु भन्ने महसुस गर्ने
११. आफ्नो सरसफाइ वा स्वास्थ्यमा ध्यान नदिने     
१२. बालबालिकाको पढाइ कमजोर हँुदै जाने   

हामि हामो बालबालिकाको मनोसामाजिक समस्या लाई कम गर्न चाहन्छौ भने बालबालिकालाई खेल अधिकार प्रदान गरौ ।

४.बालबालिकाको खेल खेल्न पाउने अधिकार 
बालबालिकाको अधिकारमध्ये खेल्न पाउनु पनि उनीहरूको एउटा अधिकार हो । बालबालिकाले खेल माध्यमबाट पनि आफ्नो चौतर्फी विकास गरिरहेका हुन्छन् । उनीहरूले खेल खेल्ने क्रममा समूह बनाउने, समूहमा कसरी घुलमिल हुने सिक्नुको साथै विभिन्न किसिमका भाषाहरू पनि सिकिरहेका हुन्छन् । खेलका कारण बालबालिकामा अन्तर सम्बन्ध विकास गर्ने सीप र कलाको विकास हुन्छ । हामिले बालबालिकालाई क्ष्लमययच खेल जस्तै ः चेस , बागचाल , बुद्धिचाल सगसगै इगत म्ययच खेल जस्तै ः डन्डि वियो , चुङ्गि , कबर्डि , लुकामारि, फुटबल आदि जस्ता खेलहरु खेल्नमा प्रेरित गर्नुपर्दछ ।

कतिपय खेलहरुले बालबालिकामा देखा पर्ने मनोसामाजिक समस्यालाई पनि कम गर्छ भने बालबालिकासंग खेल खेल्दै कुराकानि गर्दा पनि उनिहरुले आफ्नो मनको कुरालाई बाहिर ल्याउने गर्छन् । हामिले शारिरिक अशक्तता  भएको बालबालिकालाई खेल्ने अधिकार कमै दिएका हुन्छौ तर त्यसो गर्दा बालबालिकामा मनोसामाजिक समस्या सुरु हुने गर्दछ उनिहरुलाई उनिहरुले खेल्न सक्ने खेलहरुमा प्रेरित गर्नुपर्दछ जसले गर्दा उनिहरुको कलिलो दिमागमा हामि पनि साधारण बालबालिका जस्तो नै हौ भन्ने कुराको विकास हुने गर्दछ । खेलले नै बालबालिकामा हुने तनावलाई पनि कम गर्दछ तपाई हामी गएको वर्षको भुकम्प लाई एक चोटि फेरि सम्झेर हेरौ  त्यो समयमा बालबालिका भन्दा बयस्क व्यिक्तहरु वडि त्रसित भएको पाएको थियो बालबालिका को लागि विभिन्न संघ ंस्थाहरुले त्यो समयमा विभिन्न खेलहरु को माध्यमबाट बालबालिकाको तनाव कम गराएका थिए उनिहरु हरेक दिन समुहमा खेल खेल्न व्यस्त हुन्थे त्यसले गर्दा उनिहरुलाई भुकम्प को पनि याद नभएको पाइएको थियो भने कतिपय परिवारले बालबालिकालाई कतै पनि जान नदिने आफुसगै मात्र राख्ने गरेका थिए त्यस्ता बालबालिकामा भने त्यो समयमा मनोसामाजिक समस्या देखिएको थियो भुकम्प गएको केहि समयपछि उनिहरु विद्यालय पनि नजाने , केहि आवाज सुन्यो भने पनि तर्सिने जस्ता मनोसामाजिक समस्या देखिएको थियो त्यसैले बालालिकाको मनोसामाजिक समस्या कम गर्नको लागि खेल अधिकार को निकै ठुलो भुमिका भएको पाइन्छ ।

खेल्ने समय छुट्याइदिनाले गर्नाले उनीहरूलाई सिर्जनशील र सक्रिय बनाउनुको साथै स्वस्थ्य र शारीरिक तन्दरुस्ती पनि राख्ने गर्दछ । खेल माध्यमबाट नै समाजिकीकरणको विकास पनि गर्दछन् । खेल माध्यमले नै बालबालिकालाई कुनै पनि कुराको अवधारणा बुझाउन पनि मद्दत गर्दछ । ३, ४ वर्षको उमेरदेखि नै  उनीहरूलाई हामीले खेलको अधिकार दियौँ भने खेल खेल्दा आइपरेका समस्याहरू  उनीहरू आफैँ समाधान गर्दछन् यसले गर्दा उनीहरूको समस्या समाधान गर्न सक्ने क्षमताको पनि विकास हुन्छ । विकसित मुलुकहरूमा बालबालिकालाई खेलको माध्यमबाट अध्ययन गराउन विशेष जोड दिइन्छ  । हाम्रो देशमा पनि मनोसामाजिक समस्यालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा केही सकारात्मक परिवर्तन त आएको छ तर अझै पनि परिवारले आफ्नो बालबालिकालाई बाहिर खेल्न पठाउँदा नराम्रो शब्द सिकेर आउँछन्, फोहोरी हुन्छन् भन्ने डरले पनि बालबालिकालाई चार दिवारभित्र राख्ने गरेको पाइएको छ । त्यस्तो किसिमको व्यवहारले बालबालिकाको स्वभाविक विकास क्रममा  बाधा उत्पन्न हुन्छ । मनोसामाजिक समस्या पनि उत्पन्न हुन सक्दछ ।

खेल अधिकार के को लागि

१. गुणस्तरीय शिक्षाको लागी
२. बालबालिकाको सपना झल्किन दिनको लागि
३. बालबालिकाको भौतिक , सामाजिक , मानसिक र भावनात्मक विकासको लगि
४.गाँस , बाँस र कपास जत्तिकै बालबालिकाको लागि खेललाई पनि पोषण मानिन्छ
५.खेल संचारको लागि ठुलो माध्यम मानिन्छ बालबालिकाले जुन कुरा व्यक्त गर्न सकेका हुदैनन् उक्त कुरा खेल बाट व्यक्त गर्दछन् ।
६. खेल बाट बालबालिकाले नयाँ सिकाई पनि सिक्दछन्
७.खेलले नै बालबालिका र परिवार विचको सम्बन्धलाई सकारात्मक र वलियो बनाउछ ।

शिक्षक तथा अभिभावकहरूलाई अनुरोध
बालबालिकाहरूमा टोलाउने, तर्सिने, रिसाउने, झर्किने, झगडा गर्ने, एकहोरो  हुने, खानामा रुची कम हुने, पढाइमा कमजोर हुँदै जाने खालका  व्यवहारहरू देखिन सक्छन् । त्यस्ता खालका व्यवहारहरू बालबालिकामा समाज तथा परिवारमा परेका घटेका घटना  र व्यवहारका कारणले भएको हुन सक्छ ।  त्यसैले बालबालिकामा देखिने यस्ता खालका व्यवहारहरूलाई सुधार गर्नका लागि मनोविमर्श गर्नु पर्दछ ।
ड्ड    बालबालिकालाई सधैँ सकारात्मक व्यवहार गरौँ
ड्ड    बालबालिकासँग उनीहरूका कुरा सुन्ने समय मिलाऔँ  
ड्ड    परिवार र विद्यालयमा बालबालिकाले समय धेरै बिताउने हँुदा परिवार मैत्री र बालमैत्री व्यवहार गरौँ
ड्ड    बालबालिकामाथि कुनै पनि दोष लगाउनुभन्दा अगाडि उनीहरूको कुरालाई पनि महत्व दिऔँ
ड्ड    बालबालिकासँग सम्बन्धित कुराहरुको निर्णय गर्नुभन्दा अगाडि उनीहरूसँगै बसौँ । छलफल गरौँ
ड्ड    बालबालिकालाई हिंसा, दुव्र्यवहार होइन माया गरौँ  ।

 

बालबालिकाहरूमा लामो समयसम्म समस्याहरू देखिएमा मनोविमर्शका लागि तल दिएका संस्थाहरूसँग सम्पर्क गर्न सकिन्छ ।
सिविस ः १६—६० —०१—१०,०००                                                               सिविन ः १०९८
बुद्धनगर, काठमाण्डौ                                                                              रविभवन, काठमाण्डौ


सिभिक्ट ः४३७३९०० , ४३७३९०२                                                                टिपिओ नेपाल  ः ४४३१७१७ , ४४३७१२४ , ४४२४०८२
बाँसबारी, काठमाण्डौ                                                                              बालवाटार काठमाडौ

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)