बाल यौन दुव्र्यवहारको भुमरीमा बालबालिका: सकारात्मक अभिभावकत्वको कमी

सवभन्दा पहिला  केही घटनाहरु लाई अध्ययन गरौं जहाँ बालबालिकाहरुले प्रत्यक्ष रुपमा बालयौन दुब्र्यवहार भोगेका छन् ।

yr ghimire1घटना नं १  
२०५९ साल असार २६ गते जन्मिएकी काठमाण्डौको कीर्तिपुर स्थित ८ कक्षामा पढने एक बालिकालाई भारत घर भई बल्खु कीर्तिपुर क्षेत्रमा तरकारी फलपूmल व्यापार गर्ने इनोस कुमार दास नाम गरेको एक भारतीय नागरिकले बलात्कार ग¥यो । एकै घरमा डेरा लिएर बस्ने राम्रो चिनजान भएको सो व्यक्ति बेला बेलामा उनको कोठामा आउने र ती बालिकालाई पनि आफ्नो कोठामा बोलाउँथ्यो र ती बालिका पनि जान्थिन्
एक दिन कोठामा काम छ भनेर बोलाएर जबरजस्ती बलात्कार ग¥यो र भनिस भने तँलाई र तेरो परिवारलाई मारिदिन्छु भन्यो र फेरि बारम्बार बलात्कार ग¥यो ।  डर र त्रासका कारणले बालिकाले बाआमालाई भन्न सकिनन् तर बालिकामा देखिएको निरासा तथा एकहोरोपन तथा शरीरमा देखिएको अस्वाभाविक परिवर्तनका कारण बल्ल बा आमाले थाहा पाए त्यति बेला उनको पेटमा २२ हप्ताको गर्भ थियो ।  सिविसलगायत अन्य संघ संस्थाको सहयोगमा अपराधीलाई अदालतसम्म पु¥याइयो र सम्मानित जिल्ला अदालत काठमाण्डौले अपराधीलाई १५ वर्ष जेल र पीडितलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत २ लाख रुपिया क्षतिपूर्तिको आदेश दिएको छ ।  ती बालिका १ महिने बच्चालाई काखमा लिएर अदालतमा आएकी थिइन् । मुद्दा आफ्नो पक्षमा फैसला भए पनि उनी खुशी देखिन्नथिन् । मनमा कुनै शान्ति थिएन । कलिलै उमेरमा आमा बन्नुपरेको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । फेरि पनि जबरजस्ती आमा बन्न बाध्य पारिएकी ती बालिकाले आफ्नो काखको शिशुप्रति मातृवात्सल्यता पोखिरहेकी थिइन् ।

घटना नं २
काभ्रे जिल्ला स्थायी घर भएकी ८ कक्षामा पढ्ने १५ बर्षीया एक बालिका काठमाण्डौ महानगरपालिकाको एक ठूलो सरकारी विद्यालयमा मामा घरमा बस्दै पढदथिन् । परिवारमा आर्थिक कठिनाइका कारण ती बालिका मामा घरमा बसेर पढ्दै थिइन् । उनको मामाघर नजिकै एक छिमेकीको घर थियो । उक्त छिमेकी पनि आफ्नो परिवारसँग बस्दै आइरहेको थियो । आफ्नो मामाको छिमेकी भएको कारणले गर्दा उनी उक्त व्यक्तिको परिवारसँग बोल्ने गर्थिन् र कहिलेकाहिँ काम परेको बेलामा उसको घरमा पनि जाने गर्थिन् । एक दिन त्यसरी नै काम परी उक्त घर गएकी थिइन् । उनी जाँदा त्यस घरमा छिमेकीका श्रीमती र छोरा छोरी कोही थिएनन् । त्यो व्यक्ति मात्र बसिरहेको थियो । उनले आन्टी र भाइ बहिनी खोइ त ? भनेर सोधिन् । त्यसपछि त्यस मान्छेले उनीहरू यहीँ तल गएका छन्, बस्दै गरन आउछन् भनी घर भित्र बोलायो उनी पनि पहिलेदेखिको चिनजान भएकोले त्यस घरमा भित्र गएर बसिन् र उक्त मान्छेले उसलाई कोही पनि नभएको बेला म तिमीलाई माया गर्छु ल भनी उसलाई जबरजस्ती यौन दुव्र्यवहार ग¥यो कसैलाई नभन्नु भन्यो फकायो, धम्कयायो । परिणामस्वरूप उनले कसैलाई पनि केही पनि बताइनन् अनि उसको महिनावारी रोकियो र महिनावारी रोकिएपछि बल्ल थाहा भयो उनको गर्भमा २८ हप्ताको बच्चा छ । प्रहरी अनुसन्धानको क्रममा अहिले अपराधीलाई पक्राउ गरिएको छ । बालिका भने निरासा, पीडा र असमन्जस्यको अवस्थामा बाँच्न बाध्य भएकी छिन् ।  

घटना नं ३
सिन्धुली जिल्लाकी १३ बर्षीया एक बालिका आफ्नै परिवारसँग बस्दै गाउँकै एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आइरहेकी थिइन् । उनी परिवारलाई घरको काम धन्दा पनि सघाउने गर्थिन् । उनकी ठुली दिदीको त्यही गाउँमा बस्ने व्यक्तिसँग विवाह भएको थियो । उनका दिदी र भिनाजु पनि उनको घर नजिकै बस्ने गर्दथे । उनी परिवारलाई काम सघाउने क्रममा जङ्गलमा गाईवस्तु लिएर चराउन जाने पनि गर्थिन् । यसरी गाईवस्तु चराउने जाने क्रममा उनलाई उनको आफ्नै भिनाजुबाट जङ्गलमा दुई पटकसम्म बलात्कार भयो । भिनाजुले आफ्नो अपराध लुकाउन कहिले माया गरेको भन्थे त कहिले यो कुरा कसैलाई भनेको खण्डमा मारिदिन्छु भनेर धम्काउने गर्दथे । उनले भिनाजुले गरेको यो व्यवहार कसैलाई पनि भन्न सकिरहेकी थिइनन् । केही समयपछि उनको पेट बढ्दै जाने क्रममा गाउँलेले थाहा पाए । यसपछि उनलाई सोधपुछ गरियो । सोधपुछ पछि मात्र उनले आफूमाथि भिनाजुबाट भएका घटनाहरूको बारेमा बताइन् । हाल उनी २८ हप्ताको गर्भवती छिन् ।असार महिनाको दोश्रो हप्तामा  सार्वजनिक भएका यी ३ घटनाहरू बालबालिकाको मानवअधिकारविरुद्धका जघन्य अपराध हुन् । संविधान र कानुनबाट प्रदत्त संरक्षित सुरक्षित बाँच्न पाउने अधिकारविरुद्धका घटनाहरू हुन् ।

बालयौन दुव्र्यवहारका यस्ता धेरै घटनाहरू हुने गर्दछन् । तर तीमध्ये साहै्र कम मात्र बाहिर आउन सकेका छन् । माथिका घटनाहरूमध्ये एउटा घटनाका अपराधीलाई संघ संस्थाको प्रयासमा कानुनी दायरामा लैजान सफल भई अदालतले समेत पीडितको पक्षमा फैसला गरेको छ । उदाहरणीय रूपमा रहेको यस फैसलाबाट अपराधीले सजाय पाएको छ, बालिकाले न्याय र राज्यको तर्फबाट क्षतिपूर्ति पाएकी छिन् । थाहा छैन यो क्षतिपूर्तिले उनको घाइते जीवनमा कतिको मल्हम लगाउँछ । यति सानो उमेरमा यी बालिकाले भोग्नुपरेका शारीरिक एवं मानसिक पीडा, बाल्यावस्थामै आमा बन्न बाध्य हुनु परेको व्यथाले प्रत्येक मानवीय मुटुलाई चिर्थोने गर्दछ । यस्ता घटनाहरूले मानवता र विवेकशीलताविरुद्ध औंला ठड्याउने दुस्साहास गरेका छन् । अर्कातिर बलात्कारबाट जन्मिएको त्यो एक महिनाको शिशुको भविष्य अन्योल देखिन्छ । आफैँ बाल्यावस्थाबाट गुज्रिरहेकी ती बालिकाले त्यो नवजात शिशु हुर्काउन सक्छिन् ? यसको व्यवस्थापन कसरी गर्ने ? कसले गर्ने ? अर्को प्रश्न उठ्छ, के राज्यबाट प्राप्त गरेको क्षतिपूर्तिले ती बालिकाको जीवनलाई पुनः पुरानै ठाउँमा ल्याउन मद्दत गर्छ ? के पीडाको क्षतिपूर्ति सीमित नगद हुन सक्छ ? त्यसो भए यसको उचित र न्यायोचित समाधान के हो त ? त्यसको उचित तथा न्यायोचित समाधान भनेको परिपूरणसहितको क्षतिपूर्ति हो । परिपूरणसहितको क्षतिपूर्तिको व्यवस्था भएमा यस्ता पीडित बालिकाहरूका अन्योल र असहजताको बाटोबाट गुज्रिन बाध्य भएको उनीहरूको जीवनलाई केही मात्रामा भएपनि सहजतातिर लैजान सक्ने वातावरण तयार हुन सक्छ । यो नै आजको आवश्यकता हो ।

हामी सबै बालबालिकाविरुद्ध हुने यस्ता दुव्र्यवहार रोक्न, पीडकलाई कानुनको दायराभित्र ल्याउन र पीडित बालिकाहरूलाई न्याय दिलाउनका लागि सचेतनतापूर्वक लाग्न जरुरी छ ।  यसका लागि सबैभन्दा पहिलो कुरा त बालयौन दुव्र्यवहारबिरुद्ध सचेतना जागरण गर्नु पर्दछ । बालबालिकालाई बाल यौनदुव्र्यवहारविरुद्ध संरक्षण सीप प्रदान गर्नु पर्दछ । र  बालबालिकाको न्यायमा पहँुच पु¥याउन अग्रसर हुन आवश्यक छ । यी कामहरू त गर्नु नै पर्दछ । तर के यति गरेपछि बालयौन दुव्र्यवहारसँग सम्बन्धित सबै सवालहरू समाधान हुन्छन् त ?  

एकैछिन हामी माथिका घटनाहरूको सन्दर्भ र ती घटनाहरूमा ती बालिकाहरूका अभिभावक, शिक्षक शिक्षिकाहरूले खेलेको भूमिकालाई लिएर घोत्लिऔं त । के बालबालिकालाई बालयौन दुव्र्यवहारलगायत अन्य दुव्र्यवहारहरूबाट संरक्षण गर्न कानुन मात्र पर्याप्त छ ? किताबमा भएको कानुनलाई व्यवहारमा उतार्न अभिभावक, शिक्षकको भूमिका हुँदैन ? के बालबालिकालाई यौन दुव्र्यवहारलगायत अन्य किसिमका दुव्र्यवहारबाट जोगाउन परिवारको भूमिका छैन ? शिक्षक शिक्षिकाहरूको भूमिका छैन ? र स्वयंं बालबालिकाको पनि भूमिका कति रहन्छ  भन्ने बारेमा गम्भीर छलफल गर्नु पर्ने आवश्यकता छ । माथि उल्लेखित घटनाहरू केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । तर पनि तिनका आधारमा हामीले केही निष्कर्षहरू निकाल्न सक्छौं ।  

पहिलो विद्यालय घरपरिवार:
बालबालिकाका लागि पहिलो विद्यालय भनेकै घरपरिवार हो । बालबालिकालाई दैनिक जीवनमा गर्नु पर्ने सबै प्रकारका कामहरू सिकाउने मूल थलो नै घर हो । तर के घर परिवारले त्यो दायित्वलाई निर्वाह गरेको छ ? जीवनोपयोगी सीपको प्रारम्भ घरबाटै हुन्छ । तर माथिका तीनवटा घटनाहरूमा अभिभावकहरूले आफ्नो भूमिका निर्वाह गर्न सके कि सकेनन् ? के उनीहरूले असल अभिभावकत्व प्रदर्शन गरे ? परिवारले आफ्नै परिवारकी एउटी बालिकाको पेटमा २२ हप्तासम्मको गर्भ हुँदा पनि थाहा नपाउनु कतिसम्मको बेवास्ता हो, यो हामी त्यसै अनुमान लाउन सक्छौं । बाआमाले छोराछोरीसँगै बसेर छलफल गर्नका लागि अलिकति पनि समय दिने हो, उनीहरूको स्वास्थ्य, खानपान, हिडडुल तथा व्यवहार आदिमा अलिकति मात्र चासो दिने हो, नजिकबाट हेरविचार गर्ने हो भने पनि उनीहरूका दुखाइ पिराइ, पीडा मनोविज्ञान र भावना बुझन गाह्रो हुँदैन । यसैले बालबालिकाप्रतिको हेरचाहलाई व्यवस्थित बनाउन, उनीहरूलाई असल बाटोमा लैजानका लागि सकारात्मक अभिभावकत्वको आवश्यकता पर्दछ ।

सकारात्मक अभिभावकत्व:
सकारात्मक अभिभावकत्व भनेको के हो त ? बालबालिकाको सोच र व्यवहारलाई सकारात्मक बनाउन अभिभावकले खेल्ने भूमिका कै सकारात्मक अभिभावकत्व हो । शिशु गर्भमा आएपछि नै रेखदेख प्रारम्भ हुन्छ । शिशु जन्मिएपछि उनीहरूको उमेरअनुसार बालबालिकाको आनीबानी, व्यवहारमा परिवर्तन हुँदै जान्छ । सोहीअनुसार आमाबाबुले छोराछोरीको रेखदेख स्याहार सुसार गर्दै उनीहरूलाई असल बाटोमा हिडाउने काम गर्नुपर्दछ । यसलाई नै सकारात्मक अभिभावकत्व भनिन्छ ।

बालबालिकाका लागि उनीहरूको घर नै पहिलो पाठशाला हो । ज्ञानको स्रोत हो । अभिभावकहरू पहिलो शिक्षक शिक्षिका हुन् ।

अभिभावकसँग प्रत्येक दिनको बिहान दिउँसो बेलुका प्रत्येक  तीन वटा प्रश्नको जवाफ हुनु पर्दछ:
(१) मेरो बालक वा बालिका कहाँ छन् वा छिन् ? 
(२) मेरो बालक वा बालिका कोसँग छन् वा छिन् ?
(३) मेरो बालक वा बालिका के गरिरहेका छन् वा छिन् ? यदि  हामीले यी प्रश्नहरूको जवाफ ठीक र चित्तबुभ्दो पाइरहेका छौं भने बालबालिका नियमसंगत ढङ्गबाट चलिरहेका छन् भन्ने बुझ्दा हुन्छ । तर यसका लागि हामीले बालबालिकासँगको अन्तक्र्रिया र हेलमेल बढाउनु पर्दछ ।

माथिका घटनाहरूमा परिवारले सम्बन्धित बालिकासँग यी तीन प्रश्नहरूबारेमा सोधखोज गरेको पाइएन । सायद अभिभावकहरूले यी तीन प्रश्नहरूको खोजीनिधि गरेको भए पीडित बालिकाहरू आजको अवस्थासम्म आइपुग्नु पर्ने थिएन । समाधानका अरु धेरै उपायहरूको पहिचान हुन सक्दथ्यो । कम भन्दा कम क्षति हुनसक्ने सम्भावना थियो । यसैले प्रत्येक अभिभावकहरूले आफ्ना बालबालिकालाई मायाको छुवाइ र दुव्र्यवहारयुक्त छुवाइका भिन्नताबारे सचेत गर्नु पर्ने आवश्यकता देखिएको छ ।

एकथरि मानिसहरू नीतिगत पक्ष र कानुनलाई दह्रो बनाउनु पर्छ  कानुन भए सब ठीक हुन्छ भन्छन् तर अर्को पाटोलाई पटक्केै ध्यान दिँदैनन कानुन, नीति नियम एकदमै आवश्यक छ तर बाआमा, समुदाय र स्वयं बालबालिकामा सचेतना, सशक्तीकरण र संरक्षणको संस्कृति बिना कानुनको निर्माणले मात्र बालबालिका संरक्षित हुँदैनन् । हामी सबैले ध्यान दिनु पर्ने कुरा  केहो भने बालसंरक्षणमा यी तीनवटा कामहरू पर्दछन्
१) सबै बालबालिकाको अधिकारको प्रत्याभूति गरी जोखिममा पर्नै नदिनु (PREVENTION)
२) जोखिमको खतरामा रहेकालाई समयमै सहयोग गर्नु ९भ्बचथि (EARLY INTERVENTION)
३) हानि वा दुव्र्यवहारमा परेका बालबालिकाको घटना व्यवस्थापन र  पुनस्र्थापना (CASE MANANGEMENT & REHABILITATION) हो ।

विद्यालय बालबालिकाका लागि दोश्रो घर:
विद्यालय बालबालिकाको दोस्रो घर हो । कतिपय बालबालिकाले घरमा भन्न नसकेका कुराहरू सर र मिसहरूसँग भन्ने गरेको पाइएको छ । उनीहरूले सर र मिसले भनेका र गरेका कुराहरूको नक्कल गर्ने गरेका हुन्छन् । सर तथा मिसले भनेका कुरालाई शिरोधार्य गर्ने गरेका हुन्छन् । के हाम्रा बालबालिका अध्ययन गर्ने विद्यालयमा बालबालिकालाई संरक्षणका सीपहरू प्रदान गरिन्छ ? के उनीहरूलाई आफ्नो शरीरमा आफ्नो मात्र अधिकार छ भनेर सिकाइन्छ ? के बालबालिकालाई आफ्नो मनमा लागेका कुराहरू निर्धक्कसँग भन्नका लागि प्रोत्साहित गरिन्छ ? माथि उल्लेखित घटनाहरूमा पीडित तिनै जना बालिकाहरू कक्षा ८ मा पढ्दै गरेको पाइयो । उनीहरूको बारेमा विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरूले ती बालिकाहरूको व्यवहारमा आएको परिवर्तन र शरीरमा आएको परिवर्तनको बारेमा मात्र थोरै ख्याल गरिदिएको भए ती बालिकाको जीवन अझ कष्टकर हुनबाट बचाउन सकिन्थ्यो होला ।

विद्यालयमा मनोसामाजिक विमर्श तालिमको आवश्यकता
प्रत्येक विद्यालयमा बालमनोविमर्शकर्ता शिक्षक अर्थात् मनोसामाजिक विमर्श तालिम लिएका शिक्षकको आवश्यकता देखिन्छ । बालमनोविमर्शकर्ता शिक्षकले बालबालिकामा भएको परिवर्तन बारे थाहा पाउन सक्छन् । त्यसो त बालबालिकालाई नजिकबाट हेर्ने गरेका शिक्षक शिक्षिकाहरूले पनि उनीहरूमा आएको परिवर्तनलाई पहिचान गर्न सक्छन् ।

बालबालिकामा उजुरी गर्ने बानी
बालबालिकाले विद्यालयमा आउने, जाने, पढ्ने दौरानमा कैयौं समस्याहरू खेपिरहेका हुनसक्छन् । यस्ता समस्याहरू यौन दुव्र्यवहारसँग सम्बन्धित समस्या पनि हुन सक्छन् । समस्याहरू आफूमाथि वा साथीहरूमाथि पनि परेका हुन सक्छन् । कतिपय पिर मर्काहरू डरले वा संकोचले कसैलाई नभनी बसेका हुन सक्छन् । यसले उनीहरूको स्वास्थ्यमा, पढाइमा, व्यक्तित्व विकासमा नकारात्मक असर परिरहेको हुन्छ । यसैले बालबालिकाले विद्यालयमा भएका बालमनोविमर्शकर्ता शिक्षक शिक्षिका वा आफ्ना कुरा सुनिदिने शिक्षक शिक्षिकासमक्ष आफ्ना समस्याहरू भन्ने गर्नु पर्दछ । समस्या सहेर होइन भनेर उजुरी गरेर मात्र समाधान हुन सक्छ । उजुरी गर्ने बानीको विकास गर्नका लागि शिक्षक शिक्षिकाहरूले पनि बालबालिकालाई प्रोत्साहन गर्नु पर्दछ ।


बालबालिकाको भूमिका
बालयौन दुव्र्यवहारलाई रोक्न लागि वयस्कहरूको मात्र प्रयासले सम्भव छैन यसका लागि बालबालिकाले पनि उल्लेख्य भूमिका खेल्न सक्नु पर्छ । यसैले बालयौन दुव्र्यवहार रोक्नका लागि वयस्कहरूका साथसाथै बालबालिका स्वयंले पनि सक्दो पहल र प्रयास गर्नु पर्दछ स्वय पनि सचेत हुनु पर्छ ।   

बालबालिकाले आफूमाथि कसैले दुव्र्यवहार गर्न खोजे नाई (NO) भन्नु पर्छ । नाई भन्दा पनि पीडकले त्यस्तो व्यवहार गर्न खोजे अरुले सुन्ने गरी कराउँदै आफू भएको स्थानबाट सुरक्षित स्थानतर्फ भाग्नु पर्दछ (GO) त्यसपछि आमा बुबा वा आफूलाई विश्वास लागेका व्यक्तिसमक्ष भन्ने वा उजुरी (TELL) गर्नु पर्दछ ।

किशोर अवस्थामा पुग्नु भन्दा अगाडिको अवस्थामा रहेका बालबालिकाहरूमा मायालु व्यवहार र यौन दुव्र्यवहारयुक्त व्यवहार बीच द्विविधा हुन सक्छ । तर किशोर अवस्थामा प्रवेश गरेका बालबालिकाले मायालु व्यवहार र यौन दुव्र्यवहारयुक्त बीचको भिन्नतालाई ठम्याएर यदि यौन दुव्र्यवहारयुक्त व्यवहार भए त्यसबाट जोगिन हरसम्भव प्रयास गर्नुपर्दछ । अझै पनि धेरै बालबालिकालाई आफ्नो अधिकार बारेमा अझै पनि सचेत गराउन नसकिएको अवस्था छ । माथि उल्लेखित तीनवटा घटनाका बालिकाहरूले उनीहरूमाथि दुव्र्यवहार हुने बित्तिकै आफ्नो परिवार तथा साथी भाइ वा मनले खाएको व्यक्तिलाई भनेको भए बेलैमा समस्या समाधान गर्न हुनसक्ने सम्भावना थियो । उनीहरू दोहोरिएर यौन दुव्र्यवहारको सिकार हुनु पर्दैनथियो र विद्यमान जटिल स्थितिको सामना गर्नु पर्ने अवस्था नआउन सक्थ्यो  । त्यसैले बालबालिकाले पनि संरक्षणका सीपहरू बारे जानकारी पाउनु पर्दछ र त्यसका विरुद्ध बोल्ने आँट गर्नै पर्दछ ।


अन्त्यमा, बालबालिकालाई बालसंरक्षित वातावरणमा हुर्कन, बढ्न र पढ्नका लागि अवस्था सिर्जना गर्ने काम बाआमा, परिवारका सदस्यहरू, समुदाय र विद्यालयको भूमिका अहम हुन्छ । बालबालिका पनि सबै खालका दुव्र्यवहारलगायत बालसंरक्षणका सवालहरूप्रति सचेत रहेको खण्डमा बालबालिकालाई संरक्षण गर्न अझ सहज हुनेछ ।

२०७३ असार ३० | बालसंरक्षणका लागि सिविसको अभियान